प्रदेश १ मा २५ संक्रमित थपिए, ३४ जना डिस्चार्ज

  • प्रकाशित: पुष २९, २०७७ / 123 पटक पढिएको
  • क्लिक धरान
alt

विराटनगर: प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा मोरंगमा १०, झापामा ५, सुनसरीमा २, भोजपुर, ते¥हथुम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४, ग्रामथानमा २, बुढीगंगा, पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैचामा १–१ जना संक्रमित थपिएका छन् । यस्तै, झापाको बुद्धशान्तिमा २, गौरीगञ्ज, भद्रपुर र विर्तामोडमा १–१, सुनसरीको इटहरी र बराहक्षेत्रमा १–१, भोजपुरको भोजपुर नगरपालिका, ते¥हथुमको म्याङलुङ र पाँचथरको फिदिममा १–१ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमितको संख्या ३० हजार ४९ पुगेको छ ।

यसैगरि, प्रदेश १ मा आज ३४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकाहरु सवै होमआईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ३७२ पुगेको छ । प्रदेश १ मा आज ५७३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १३ हजार ४८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित