धरान: आज माघे संक्रान्ति अर्थात मकर संक्रान्ति । तराईमा आज माघी पर्व मनाइन्छ ।
नेपाल सरकारले माघी पर्वको अवसरमा आज सार्वजनिक विदा दिएको छ । आजकै दिन मगर समुदायले सार ल्हेस र किरात समुदायले नयाँ सम्बत यलेदोङ(नयाँ बर्ष) पनि मनाउछन् । यिनै चाडपर्वको अवसरमा धरानका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीले शुभकामना व्यक्त गरेका छन् । दुवैले छुट्टाछुट्टै सन्देश जारी गर्दै मेयर राई र उपमेयर भण्डारीले शुभकामना व्यक्त गरेका हुन् । सरकारले माघी पर्वको अवसरमा आज माघ १ गते सार्वजनिक विदा पनि दिएको छ ।