धरान: लायन्स क्लव अफ धरान विजयपुर र लियो क्लव अफ धरान विजयपुरले धरान १७ फोक्लेन टापुस्थित श्री दीपेन्द्र आधारभुत विद्यालयलाई पानीको फिल्टर र दुई जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

शुक्रवार विद्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरि क्लवले सहयोग हस्तान्तरण गरेको हो । करिव २७ हजार रुपैया बरबरको पानीको फिल्टर लायन्स विजयपुर कल्वका पुर्व अध्यक्ष रामहरी हाडा परिवारले आफ्नो आमा स्व. महालक्ष्मि हाडा र वुवा स्व. सेतवहादुर हाडाको सम्झनामा दिएका हुन् । यस्तै, छात्रवृत्ति हाल अष्ट्रिेलिया बसोबास रहेका मेलिना गुरुङ्ग र आर्यन गुरुङ्गले प्रदान गरेका हुन् ।

lions-cl

एक कक्षामा अध्यनरत पेमा तामाङ्ग र ८ कक्षामा अध्यनरत अलिसा घिमिरेलाई एक वर्षका लागि पुग्ने करिव दश हजार रुपैया वरावरको शैक्षिक सामाग्री हस्तान्तरण गरेर छात्रवृत्ति प्रदान गरिएको सहयोगी संस्थाले जनाएको छ । उनीहरुलाई १० कक्षासम्म छात्र वृत्ति प्रदान गरिने कार्यक्रमका संयोजक लायन टंक गुरुङ्गले बताइन् ।

कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक टे्रनिङ चिफ पुल लायन धिरज गुरुङ्ग, अतिथि लायन्स क्लब अफ धरान बिजयपुर अध्यक्ष कबिरभगत प्रधानाङ्ग, विशेष सल्लाहकार विपिन सुव्वा, लायन गौरीशंकर अग्रवाल, डिस्ट्रिक चिफ शान्ति श्रेष्ठ, धरान १८ वडा सदस्य जमुना त्रिखत्रि मोक्तान, विद्यालय प्रधानध्यापक पर्वत सन्जेल, पास्टर मेहेरमान ह्युज लगायतको उपस्थिति रहेको थियो ।