मोरङ: बिराटनगर १६ स्थित सिमा एरियाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा ६ का २८ बर्षीय आशिष मगर रहेका छन्। बिशेष सुराकको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाई हिजो बेलुका ६ बजे नियन्त्रणमा लिएको हो। उनको साथबाट लुपिजेसिक ११ एम्पुल, डाईजापाम ११ एम्पुल, एभिल ११ एम्पुल, फेनारगन ११ एम्पुल र नाईट्राभेट ४५ ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका मगरमाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।drug