धरान: धरान १८ न. वडा कार्यालयको सहयोगमा बाल भित्तेपत्रिका लेखन तालिम सम्पन्न भएको छ ।

धरान १८ न. वडाको कार्यलयमा जनता मिडिया हबको आयोजनामा शनिबार तालिम सम्पन्न भएको हो । तालिममा हबका अध्यक्ष संचारकर्मी देवेन्द्र कार्कीले सहजिकरण गरेका थिए । धरान १८ न. वडाका वालवालिकाहरुलाई सहजिकरण गर्दै सफल बन्नका लागी अध्ययन र अतिरिक्त कृयाकलापमा सहभागी महत्वपुर्ण रहने जानकारी गराएका छन । कार्कीले भित्तेपत्रिकाको चिनारी र उद्देश्य, प्रकाशित हुने सामग्री तथा जानकारीहरू, पत्रकारिताका आधारभुत सिद्धान्त लगायतको सैद्धान्तिक सिप सिकाएका थिए ।

तालिम संपन्न पछि सहभागिहरुलाई ३ समुह निर्माण गरीएको छ । उक्त समुहहरूले एक सातामा भित्तेपत्रिका तयार गरी वडामा बुझाउनु पर्ने हुन्छ । पत्रिका प्रकाशित गर्ने उत्कृष्ट एक समुहलाई पुरस्कृत गरीने आयोजक संस्थाले घोषण गरेको छ । तालिममा १५ जना विधार्थीहरू सहभागी भएका थिए ।