धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत धनकुटा ४ की ७७ बर्षीया महिलाको आज बिहान ६ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतकलाई धनकुटा जिल्ला अस्पतालले रिफर गरेको थियो । उनी पुष १४ गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् भने पुष १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकलाई उच्च रक्तचाप थियो । मृतकको शवको व्यवस्थापन भइरहेको पनि सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए ।