धरान: गएको मंसिर २३ गते बिहानै मोरङको मिक्लाजु गाउँपालिका १ का शिक्षक एवं प्रअ राजेन्द्र श्रेष्ठको हत्या घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।

शिक्षक श्रेष्ठलाई विप्लव कार्यकर्ताहरुले बिहानै घरबाट अपहरण गरि जंगलमा लगेर घाँटी रेटी विभत्स हत्या गरेका थिए । उक्त घटनामा संलग्न रहेको भनिएका विप्लव समुहका मोरङ जिल्ला इञ्चार्ज डि.बि.सिलवाल भन्ने धनबहादुर बिकलाइ प्रहरीले पक्राउ गरकेो हो । उनलाई हतियारसहित माघ ७ गते मोरङको बुढीगंगा गाउँपालिका ४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । मोरङका उद्योगी, व्यवसायीहरुलाई धम्क्ी दिएर चन्दा असुल्ने गतिविधि गरिरहेको सुचना पाएपछि खटिएको मोरङ प्रहरीको टोलीले उनलाई पक्राउ गरेको डिएसपी एवं प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

प्रहरीका अनुसार ३२ बर्षीय बिकको खास घर संखुवासभाको मादी नगरपालिका ४ ओखरबोटे हो । उनी विप्लव समुहको मोरङ जिल्ला इञ्चार्ज छन् । पक्राउ परेका विकले लगाएको जिन्स पाइन्टको अगाडिको बाँया गोजीबाट बटको भागमा काठसमेत भएको सेमी अटोमेटिक पेस्ताल एक थान पनि प्रहरीले वरामद गरेको जनाएको छ । यस्तै, सोही पाइन्टको अगाडिको दाहिने गोजीबाट म्याजिनमा लोड भएको अवस्थामा ३ राउण्ड गोली पनि वरामद भएको प्रहरीले जनाएको छ ।