सवारी दुर्घटना ३ जनाको मृत्यु

  • प्रकाशित: माघ ९, २०७७ / 166 पटक पढिएको
  • क्लिक धरान
alt

विराटनगर: प्रदेश १ को मोरङ, सुनसरी र उदयपुरका तिन छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

मोरङको मिक्लाजुङ गाँउपालिका ५ मा ना ३ ख ३८९८ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २५ बर्षीय मदन राईको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका-६ मा, स १ च १४४६ नम्बरको टाटासुमो र प्रदेश २-०१-ह ०७७४ नम्बरको टेम्पो एक आपसमा ठोक्किएको थियो । उक्त दुर्घटनामा घाईते भएका टेम्पो चालक स्थानीय २६ बर्षीय हेमराज राईको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

यसैगरी सुनसरीको कोशी गाउँपालिका-२ मा को ११ प ९९५१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका युवाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकलमा सवार रहेका सप्तरी कन्चनरुप नगरपालिका-११ का ३० बर्षीय रंजित सरदारको ईनरुवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित