सुनसरी: इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ ।

वडा नं. १६ टिहिटि टोलमा विपन्न मुसहरवस्ती सामृुहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको हो । तराइ मधेस समृद्धि कार्यक्रम अन्तरगत ७७ लाख लगानीमा ती घरहरु निर्माण गरिएको हो । त्यहाँ भित्रि वाटोहरु, चिल्डे«न पार्क, सामुदायिक भवन र दिनाभद्रिको मठ समेत वनाइएको छ । प्रमुख द्धारिकलाल चौधरीले इटहरी उपमहानगर विपन्न जनताको हितमा गम्भिर रहेको वताए ।

जनताको आँगनमा खुशीयाली र अनुहारमा मुस्कान ल्याउन उपमहानगरले कार्य गरिरहेको वताए । वडा नम्वर १६ र १७ को सडक निर्माणका क्रममा विस्थापित हुने अतिविपन्न परिवारलाई ती घरमा राखिने उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार सो ठाँउमा ५० घर रहेको नमूना वस्ति निर्माण गरिने योजना छ ।musahar2 musahar