मोरङ: बिराटनगर १७ सिमाक्षेत्रबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी धरान ९ का ३९ बर्षीय सुवास लामिछाने रहेका छन् । उनलाई हिजो शनिवार विशेष सुराकको आधारमा PASMO-PROXYVON-१६९ ट्याब्लेट, NITRAVET-१५ ट्याब्लेट, NITZACARE-२० ट्याब्लेट र DIALEX-DC-२० बोतल लागुऔषध सहित पक्रउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । पक्राउ परेका लामिछानेमाथि थपअनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।