खोटाङ: खोटाङको साकेला गाउँपालिका २ रतन्छाका वडा सदस्यको भीरबाट लडेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार ५७ बर्षीय वडा सदस्य रत्न प्रसाद फुँयलको भीरबाट लडेर मृत्यु भएको हो । हिजो शनिवार साँझ आफ्नो घरबाट साकेला २ मबुस्थित भाईको घरमा धामी बस्न जादै गर्दा उनको मृत्यु भएको प्रहरी चौकी रतन्छाले जनाएको छ । प्रहरीका अनुसार भाईकोमा जादै गर्दा एक्कासी खहरे खोलाको भीरबाट लडेका थिए ।
बाटोबाट करिब ३ सय मिटर तल खस्दा उनको घटनास्थलमानै मृत्यु भएको जानकारी आफन्तले गराएको प्रहरी चौकी रतन्छाले जनाएको छ । घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मुतक फुयल तत्कालिन नेकपा माओबादीबाट निर्बाचित सदस्य रहेका थिए ।