मोरङ: मोरङको पथरी शनिश्चरे ४ स्थित एक घरबाट लागुऔषध ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीयका १९ बर्षीय साजन राई, २२ बर्षीय छिरीङ राई र २४ बर्षीय नवराज राई रहेका छन् । यस्तै, भोजपुर साल्पासिलोछो २ का १९ बर्षीय निराज राई रहेका छन् । घरमा लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले चारै जनालाई आज राती साढे १२ बजे नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई चेकजाँच गर्दा ६३० मिलिग्राम ब्राउनसुगर, tramadol hydrochloride-९० ट्याब्लेट, spaspain-५४ ट्याब्लेट लागुऔषध, ४ राउण्ड गोली, १ थान खोका, १ थान खुकुरी, नगद ६ हजार ७ सय ३० रुपैया वरामद भएको प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गरेको को १४ प ४७२५ नम्बरको मोटरसाईकल पनि बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।