झापा: झापाको शिबसताक्षी ११ स्थित राजमार्गबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक ८ का २५ बर्षीय सत बहादुर देवान र ३२ बर्षीय दिलिप महत रहेका छन् । टेम्पोमा सवार गरी आएका उनीहरुलाई हिजो राती साँढे ८ बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई चेकजाँच गर्दा डाईजेपाम ५८ एम्पुल, बुफ्रेनोर्फिन ५७ एम्पुल र प्रोमेथोजाईन ५८ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जना माथि थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाईएको ईलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।