विराटनगर: सुनसरीको रामधुनी ७ स्थित भित्री सडक खण्डमा को १ त ३८८४ नम्बरको ट्याक्टरका सहचालकको लडेर मृत्यु भएको छ ।
सोमबार दिउँसो २ बजे कुदिरहेको ट्याक्टरबाट अचानक लडेर रामधुनी ६ का २० बर्षीय फुल कुमार सदा गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका सदाको वीपी प्रतिष्ठान धरानमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
यसैगरी, संखुवासभा पाचखपन ३ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालक पाचखपन ६ का २३ बर्षीय गोबिन्द कोईरालाको मृत्यु भएको छ । हिजो बेलुका ६ बजे को २ त ५०१० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खसेको थिो । ट्याक्टरका सहचालक कोईराला घाईते भएकोले उनलाई स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारको लागि लगिएको थियो । स्वास्थ्य चौकीमा उनको राती पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।