उदयपुर: बढ्दो ट्राफिक दुर्घटनालाई न्यूनिकरणको लागि जनचेतना फैलाउने उद्देश्यले उदयपुर जेसीजले ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ ।

उदयपुर जेसीजले बुधबार जिल्ला सदरमुकाम गाइघाटमा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरु, ट्राफिक प्रहरी तथा जनपद प्रहरीहरुहरु सहभागी थिए । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एवं एसपी भीम दाहालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा यात्रु तथा सवारी चालकहरुलाई ट्राफिक नियम सम्बन्धी जानकारी गराइएको थियो ।

trafic2

जेब्रा क्रसिङ्ग प्रयोग नगर्ने, हेलमेटको क्लिप नलगाउने, सिट बेल्ट नबाध्ने तथा अन्य ट्राफिक नियम उल्लघंन गर्ने सवारी धनीहरुलाई स्वआत्मलोचना होस् भन्ने उद्देश्यले दण्डित नगरि चकलेट तथा मास्क प्रदान गरिएको उदयपुर जेसीजकी अध्यक्ष जेसी शर्मिला थापाले बताईन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रमाणी पाण्डे, सशस्त्र प्रहरीका एसपी सुधिर सुवेदी, दयपुुर जेसीजका पूर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुकोे पनि उपस्थिति रहेको थियो ।trafi