मोरङ: मोरङको सुन्दरहरैचा नगरपालिका ९ का ३५ बर्षीय ईलिहास मंसुरीको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो बुधवार दिउँसो बेलवारीमा रहेको चिनारी स्कुलमा ग्रिलको गेट बनाउने क्रममा अचानक करेन्ट लागेर मंसुरी घाईते भएका थिए । उनलाई उपचारको लागी बिराट नर्सिङ होम बिराटनगर लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।