विराटनगर: झापा र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र ट्याब्लेटसहित ३ जना पक्राउ परेका छन् ।
ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले २ जना भारतीय नागरिक पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारती नागरिक किसनगंज धनतोलाका २२ बर्षीय अहमद हुसेन र २६ बर्षीय महमद जमसेह छन् । उनीहरुलाई ९८० मिलिग्राम ब्राउनसुगरसहित झापा गाँपालिका ४ बाट प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी, सुनसरीको कोशी गाँपालिका १ लौकहीबाट ट्याब्लेटसहित १ जना पक्राउ परेका छन् । को २२ प १६२३ नम्बरको मोटरसाईकलमा सवार रहेका बराहक्षेत्र नगरपालिका ६ का ३३ बर्षीय हेमराज नेपाली पक्राउ परेका हुने । उनलाई रोकेर चेकजाँच गर्ने क्रममा स्पास्मोप्रोक्सिवन १४४ ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।