उदयपुर: शहीद दिवसको अवसरमा शुक्रबार उदयपुर जेसीजले “नेतृत्व विकासमा जेसीजको भूमिका” विषयक वक्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
उक्त प्रतियोगितामा प्याराडाईज विद्यालयका सुनिल घिमिरे प्रथम भएका छन् । प्रतियोगितामा सगरमाथा विद्यालयकी मनिषा घिमिरे दोश्रो र नमूना मा.वि.का विजय खड्का तेश्रो भए । त्रियुगा नगरपालिकाको उपप्रमुख देवीकुमारी चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगर क्षेत्रका विभिन्न माविका विद्यार्थीहरुको सहभागिता रहेको आयोजक उदयपुर जेसीजकी अध्यक्ष शर्मिला थापाले जानकारी दिइन् ।
बालबालिकाहरुहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न तथा उनीहरुको वाक्कलालाई अझ निखार ल्याउन कार्यथम आयोजना गरिएको थापाले बताईन् । प्रतियोगिताका निर्णायकमा बरुवा क्याम्पस उदयपुरका प्राचार्य भिम खड्का तथा उदयपुर जेसीजका निवर्तमान अध्यक्ष सन्तोष गुप्ता रहेका थिए । उदयपुर जेसीजले विगत ४ दिनदेखि महिला, बालबालिका तथा समुदायमा समर्पित रही कार्यक्रमहरु आयोजना गरिरहेको छ ।