धरान: स्थानीय तहमा निवार्चित भएपछि जनप्रतिनिधिहरुले कामै गरेन भन्ने जनगुनासोलाई चिर्दै धरानको वडा नं १६ का जनप्रतिनिधिहरुले भने उदाहरणीय कार्य गरेका छन् ।

बिहान बेलुका खानै नपुग्ने अतिविपन्न परिवारलाई वडा नं १६ ले रासन कार्ड वितरण गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रम गरि अतिविपन्न ३२ परिवारलाई वडा १६ ले रासन कार्ड वितरण गरेको हो । एक कार्यक्रमबीच प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारी र धरानकी उपप्रमुख मञ्जु भण्डारी सुवेदीले रासन कार्ड हस्तान्तरण गरेका थिए ।

वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीका अनुसार लक्षित वर्गको कार्यक्रमअन्तर्गतको बजेटबाट अतिविपन्न परिवारलाई बार्षिकी रासन कार्ड वितरण गरिएको हो । कोभिड १९ को कारण लकडाउन भएपछि राहत वितरण गर्ने क्रममा घर घरमा पुग्दा आफ्नो वडामा ९२ जनाको परिवार ज्यादै विपन्न, अशक्त र खानै नपुग्ने भेटिएको उनले बताए । ती मध्ये पनि ३२ जनाको परिवारलाई धेरै नै समस्या भएकोले पहिलो चरणमा रासन कार्ड दिइएको अध्यक्ष गिरीले बताए । बाँकी परिवारलाई पनि आवश्यक दाता एवं बजेटको व्यवस्था गरेर रासन कार्ड दिने उनले बताए ।

rasan1

अध्यक्ष गिरीका अनुसार अनुसार विपन्न रासन कार्ड पाउनेको परिवार १ जना मात्र भए महिनामा १५ किलो चामल, १ किलो दाल, १ किलो नुन र १ लिटर तेल पाउनेछन् । परिवारमा एक जना भन्दा बढी छ भने उक्त परिवारले २५ किलो चामल पाउनेछ । ‘लक्षित वर्गको बजे के के कार्यक्रम गरेर सक्नु भन्दा विपन्नलाई प्रत्यक्ष लाभ पुग्न गरि यो कार्यक्रम शुरु गरेका हौं । हामी रहुञ्जेल जारी राख्छांै, र अर्को चुनावबाट आउने जनप्रतिनिधिहरुले पनि निरन्तरता दिओस् भन्ने चाहन्छौं,’अध्यक्ष गिरीले भने ।

rasan3

वडा कार्यालयले विपन्न रासन कार्डसँगै अनिविपन्न २० परिवारका एक सय जना लाभान्वित हुने गरि स्वास्थ्य विमा पनि गरिएको जनाएको छ । वडा कार्यालयले ३५ सय रुपैया तिरेर १ लाखसम्मको उपचार सुविधा पाउने गरि विमा गरिदिएको हो । बिहान बेलुका खान पुग्ने तर विमा गर्न नसक्ने परिवार छनौट गरेर विमा गरिदिएको वडा सदस्य सुरेश श्रेष्ठले जानकारी दिए । ‘रासन कार्ड पाउने परिवार प्रत्येक महिनाको ६ गते वडा कार्यालय आउछन्,र दर्ता गरेर रासन लिएर जान्छन्,’उनले भने,‘विपन्न भएकै कारण स्वास्थ्य विमाबाट बञ्चित परिवारलाई पनि स्वास्थ्य विमा गरिदिएका छौं ।’

rasan2 rasan4