धरान: धरान उपमहानगरपालिकाले आज शोक विदा दिएको छ ।

धरान ११ वडा कार्यालयमा कार्यरत कार्यलय सहयोगी देशसुवास राईको निधनमा उपमहानगरपालिकाले आज शोक विदा दिएको हो । राईको शुक्रबार उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो । उनको निधनमा आज बिहान बसेको कार्यपालिका बैठकले शोक विदा दिने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।कार्यपालिका बैठक पनि शोक प्रस्ताव पारित गर्दै भोली सोमबार बस्ने गरि स्थगित गरिएको छ ।

आज अत्यावश्यक सेवाबाहेक नगर कार्यपालिकाको कार्यालय, मातहतको वडा र स्वास्थ्य कार्यालय बन्द रहनेछ । कार्यपालिका बैठकमा मेलमिलाप सम्बन्धि कार्यविधि, कुकुर व्यवस्थापन कार्यविधि, नगर सभाको मिति तोक्ने, तालिम, सेमिनार, गोष्ठी, भ्रमण लगायतको मापदण्ड तोक्ने, वातावरणीय परीक्षण प्रतिवेदन, खानेपानी मुहान उपयोगका सम्बन्धमा, निर्माण सामाग्री दररेट सम्बन्धमा, उपभोक्ता समितिको प्रतिशत सम्बन्धमा, खरीद गुरु योजना सम्बन्धमा, धान पकेट एरिया सिफारिस सम्बन्धमा, ज्ञानोदय मा.वि. धरान ११ को थप भवन निर्माण सम्बन्धमा, न्यायिक समितिबाट भएको मिलापत्र कार्यान्वयन सम्बन्धमा र भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समिति गठन सम्बन्धको एजेण्डा रहेको छ ।

sok1