धनकुटा: धनकुटा ९ सवाबारीका ८८ बर्षीया भक्त कुमारी बरालको आगो ताप्ने क्रममा मृत्यु भएको छ ।
आज आइतबार बिहान ९ बजे आफ्नै घरको भान्सामा आगो ताप्ने क्रममा अचानक कपडामा आगो सल्किएर शरीर जल्दा उनको मृत्यु भएको हो । घटनाबारे आफन्तले प्रहरीमा खबर गरेपछि घटनास्थल पुगेको र कानुनी कारबाही तथा थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।