धरान: धरान जेसीसको बर्ष २०२१ को अध्यक्षमा मणिराज अधिकारी निवार्चित भएका छन् ।

जेसीसजको ३७ औं शाखा अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । कार्यकारिणी उपाध्यक्ष पदमा राजु शाह, खेमकला काम्बाङ (आयुष्मा) चयन भएका छन् भने उपाध्यक्ष पदमा अनिल श्रेष्ठ, इन्द्र कार्की, रिमा थापा मगर र ऋषीराम भट्टराई चयन भएका छन् । हिजो बुधबार सम्पन्न अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रम धरान जेसीस वर्ष २०२० अध्यक्ष तथा नेपाल जेसीस वर्ष २०२१ का उपाध्यक्ष दिपेन्द्र निरौलाको अध्यक्षतामा भएको थियडो । कार्यक्रममा १९ वटा विभिन्न विधामा मापदण्ड पुरा भएको स्क्रापुकका आधारमा जेसीस सदस्यहरुलाई पुरस्कार वितरण गरीएको थियो ।

धरान जेसीस सन् १९७५ मा संस्थापक अध्यक्ष श्याम गोविन्द श्रेष्ठबाट सुरु भएको थियो । धरान जेसीस युवाहरुको ट्रेनिङ इनस्टिच्युटको रुपमा स्थापित संस्था हो । जहा“बाट प्रत्येक वर्ष युवा नेतृत्वकर्ताहरु जन्मिने गर्दछन् । शाखा अधिवेशनको उद्घाटन धरानका मेयर तिलक राईबाट भएको थियो । अधिवेशनको निर्वाचन अधिकृत निर्वतमान अध्यक्ष मनिष शाही, मनोनयन सभापति अतुल श्रेष्ठ र पुरस्कार वितरण सभापति वर्ष २०२१ अध्यक्ष सल्लाकार सन्दिप शाक्य रहेका थिए ।