विराटनगर: मोरङ प्रहरीले नेपालमा प्रतिबन्धित औषधीहरु ठुलो मात्रामा विराटनगरबाट वरामद गरेको छ ।

विराटनगर महानगरपालिका १० स्थित न्यूरो अस्पताल नजिक डेरा गरि बस्ने विकास मण्डल र भाई बिक्रम मण्डलको कोठाबाट विभिन्न ब्राण्डको औषधी ठुलो परिमाणमा प्रहरीले फेला पारेको हो । उनीहरु विराटनगर महानगरपालिका वडा नं ५ मा स्थायी बसोबास भएपनि वडा नं १० स्थित रामप्रसाद साहको घरमा डेरा गरि बसेका थिए । बिशेष सुचनाको आधारमा प्रहरीले हिजो उनीहरुको डेरामा छापा मारेको थियो । त्यसक्रममा प्रहरीले भाई बिक्रम मण्डललाई पनि पक्राउ गरेको जनाएको छ ।

medici1

कोठाबाट करिब १० लाख ३ हजार १ सय ८० रुपैया बराबरको विभिन्न किसिमको औषधी वरामद गरेको मोरङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै, औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने एचपी कम्पनीको कलर प्रिन्टरसमेत वरामद भएको प्रहरीको भनाई छ । आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाईने मोरङ प्रहरी प्रवक्ता लोकदर्शन थापाले जानकारी दिए ।