धरान: तामाङ समुदायले मनाउने नयाँ बर्ष सोनाम ल्होसार पर्व आज विविध कार्यक्रम गरि मनाइदैछ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष शुरु हुन्छ। नेपाल सरकारले ल्होसारको अवसरमा आज शुक्रबार सार्वजनिक बिदा पनि दिएको छ। आजदेखि मुसा वर्ष पूरा भएर लाङ ल्हो (गोरु वर्ग) प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।

नेपाल तामाङ घेदुङ सुनसरी जिल्ल अध्यक्ष सुरज लामाले कोभिडले गर्दा विगतमा जस्तो धुमधामले ल्होसर नमनाए पनि गुम्बमा बिहान पुजाआजा गर्ने र दिउँसो घेदुङको कार्यालयमा शुभकामना आदनप्रदान गर्ने कार्यक्रम रहेको बताए । यस्तै, साँझ बगरकोट सेउती खोला पारि भिन्टेजमा ल्होसार साँझ भेटघाट कार्यक्रम हुने उनले बताए ।