मोरङ: मोरङ मिक्लाजुङ ६ स्थित मिक्लु खोलामा निर्माणधिन भईरहेको पुलमा एक कामदारको करेन्ट लागेर मृत्यु भएको छ ।
सप्तरी सम्भुनाथ ४ का २२ बर्षीय रोहित साहको करेन्ट लागेर मृत्यु भएको हो । सम्भुनाथ घर भएका साह विगत केही समय देखी मिक्लाजुंगको पुलमा ज्यामी काम गर्दै आईरहेका थिए । कामकै शिलशिलामा आईताबर मोटर चलाउने क्रममा अचानक बिद्युत सर्ट भई करेन्ट लाग्दा उनी गम्भिर घाईते भएका थिए । उनको उर्लाबारीस्थित मंगलबारे अस्पतालमा उपचारको क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।