झापा: झापाको भद्रपुर नगरपालिका ७ का ५८ बर्षीय साहेबा उराव आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् ।

हिजो दिउँसो साढे ३ बजे उराव र उनकी श्रीमती ६० बर्षीया फिल्सिता उराव बीच झगडा हुँदा श्रीमतिको टाउकोमा ढुङ्गाले प्रहार गरी घाईते बनाएका थिए । घाइते श्रीमति फिल्सिताको आज बिहान करिब २ बजे मृत्यु भएको थियो । घटनाबारे आफन्तले वडा प्रहरी कार्यालय भद्रपुरमा जानकारी गराए पछि प्रहरी टोलीले श्रीमान् साहेबालाई नियन्त्रणमा लिईएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।