धरान: धरानमा दुग्धजन्य उत्पादनको विक्री गर्न सत्यम डेरी उद्योगको खुलेको छ ।

धरान-९ स्थित आचार्य लाईनमा मंगलबार उद्योगको उद्घाटन धरान उपमहानगरपालिका ९ का वडाध्यक्ष रत्न कटुवालले उद्घाटन गरेका थिए । अध्यक्ष कटुवालले स्थानीय उपभोक्तालाई दुग्धजन्य पदार्थहरु गुणस्तरिय र सुलभ दरमा उपलब्ध गराउने विश्वास व्यक्त गरे । दुग्धजन्य पदार्थहरु गुणस्तरिय नहुने जनगुनासो धेरै आइरहेको कटवालको भनाई थियो । उनले सत्यम डेरी उद्योगले त्यस्ता गुनासोहरुलाई आउन नदिनतर्फ सजग रहने विश्वास लिएको बताए ।

धरानका सञ्चारकर्मी योगेशबाबु काफ्ले र चतरा निवासी ऋषिराज निरौला, तोयानाथ दाहालले सत्यम डेरी उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योगले उत्पादन गरेको दुग्धजन्य पदार्थहरुको बिक्री केन्द्र धरान ९ मा रहनेछ । उपभोक्ताहरुलाई गुणस्तरीय दुधजन्य पदार्थ उपलब्ध गराउने संकल्प लिएको उद्योगका निर्देशक काफ्लेले बताए । स्थानीय उत्पादन उपभोक्ताले खोजेजस्तै गरि उपलब्ध गराउने उदेश्य लिएर डेरी उद्योग सञ्चालनमा ल्याएको उनको भनाई छ ।

उद्योगका बजार निर्देशक रहेका निरौलाले सत्यम डेरीले उपभोक्ताको माग बमोजिम गाई र भैसीको दुध उपलब्ध गराउने बताए । ‘हामीसँग किसानहरुबाट संकलन गरेर ल्याइएको ताजा दुध र त्यसबाट उत्पादन हुने दही,ध्यु, मोही, पनीर जस्ता उत्पादनहरु छन्,’उनले भने,‘यी सबै उत्पादनको गुणस्तरमा कुनै सम्झौता हुदैन ।’ निरौलाका अनुसार सत्यम डेरीले कामधेनु दुग्धको ग्राहकहरुलाई पनि सेवा दिनेछ । ‘हामी कामधेनु दुग्धको पनि आधिकारीक विक्रता हौ, कामधेनुका उपभोक्ताले पनि हामीबाट सेवा लिन सक्नेछन्,’उनले भने ।