धरान: धरानमा ब्युटिसियन बन्ने र पार्लरमा सेवा लिन चाहनेहरुका लागि नयाँ ब्युटि क्लिनिक (पार्लर) खुलेको छ ।

धरान–१० पुतलीलाईनस्थित सिंहबाहिनी भगवती मन्दिरको ब्यबसायीक भवनमा आर्या ब्युटि आर्ट एण्ड एकेडेमी खुलेको हो । एकेडेमीको मंगलबार सरस्वती पुजाको अवसर पारेर धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी सुबेदीले उद्घाटन गरिन् । करिब ३२ लाख रुपैयाँ लगानीमा एकेडेमी सञ्चालनमा ल्याएको सिइओ सीता मिश्रले जानकारी दिइन् ।

उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य दिदै प्रमुख अतिथी सुबेदीले धरानमा स्तरीय ब्युटि क्लिनिक र एकेडेमीको अभाव भईरहेको बेलामा आर्या खुलेपछि त्यो अभाब मेटिने विश्वास व्यक्त गरिन् । धरानमा धेरै ब्युटि पार्लर र ट्रेनिङ सेन्टरहरु भएतापनि राम्रो तालिम तथा सेवा लिन धरानबाहिर जानु पर्ने बाध्यता हटेको उनको भनाई थियो । 'धरानका केही नाम चलेका ब्युटिपार्लर र ट्रेनिङ सेन्टरहरु छन,त्यसमा अब आर्यापनि थपिएको छ अब धरानका मान्छे राम्रो तालिम र सेवा लिन धरान बाहिर जानुपर्ने बाध्यता हट्ने विश्वास लिएको छुँ,'उनले भनिन् ।

aarya-(1) 1

एकेडेमीकी सिइओ मिश्रले ब्युटिसियन बन्न चाहानेहरुलाई दक्ष बनाउन र स्वरोजगार बनाउने आफुहरुको उद्देश्य रहेको बताइन् । 'हामी क्लिनिकल (पार्लर) सेवापनि उत्तिकै राम्रो दिने तयारीमा छौ उनले भनिन् पार्लरहरुमा जथाभावी प्रयोग हुने क्रिम तथा कस्मेटिक बस्तुहरुले धेरै महिलाहरुमा समस्या आएको हामीले पाएका छौं, हाम्रा ग्राहकहरुमा त्यस्तो समस्या नहोेस् भन्नेमा सचेत भएर सेवा दिन्छौ,'उनले भनिन् ।

एकेडेमीकी निर्देशक अनिशा दाहालले विद्यार्थी तथा ग्राहकलाई राम्रो तालिम र सेवा दिन दक्ष प्रशिक्षक र ब्युटिसियनको टिम रहेको जानकारी दिइन । प्रमुख प्रशिक्षक दुर्गा अधिकारीले ब्युटिसियन बन्न चाहानेलाई सिटीइभिटीको कोर्षबाट सिकाउने र त्यसको परिक्षा तथा शिप परिक्षणमा सहभागी गराउने ब्यबस्था मिलाएको बताइन् । आर्याले चाडै पुर्वका विभिन्न शहरमा आफ्नो शाखा पनि विस्तार गर्ने योजना राखेको सिइओ मिश्रले जानकारी दिइन् ।