धरान: धरान ८ स्थित भोटेपुलका युवाहरुद्वारा हालै स्थापना भएको आइज अन सोसल क्लवद्वारा वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
क्लवले धरान २० स्थित मदन आश्रित प्राथामिक विद्यालयका ३८ जना विद्यार्थी वालवालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको थियो । उनीहरुले विद्यार्थीहरुलाई स्कुल व्याग, स्टेसनरी सामान र खेलकुद सामग्री वितरण गरेको हो । सहयोग युवाहरुलाई खेलकुद गतिविधी तथा सामाजिक कार्यमा अभिप्रेरित गर्न स्थापना गरिएको संस्थाको यो पहिलो सामाजिक कार्य भएको क्लवका अध्यक्ष मनिष राईले जनाए ।
क्लवले करिव पैतिस हजार रुपैया वरावरको सहयोग गरेको उनले जानकारी गराए । क्लवमा अहिले ९ जनाको कार्यसमिति रहेको छ । क्लवले आवश्यकता अनुसार क्लवका सदस्यहरु वढाउदै लैजाने योजना रहेको अध्यक्ष राईले वताए । सहयोग सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानध्यापक सरिता गुरुङ्ग, क्लवका उपाध्यक्ष सरद राई, सचिव सुसिल लिम्वु, कोषध्यक्ष संगिता राई लगायतको उपस्थिति रहेको थियो । क्लवले उपस्थित वालवालिकाहरुलाई खाजा समेत खुवाएका थिए ।