सुनसरी: गए राती रामधुनी राजमार्गमा पिकअपके ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।

रामधुनी ३ का २२ बर्षीय सुरज चौधरीको उपचारको क्रममा बिराट नर्सिङ होममा राती साढे ११ बजे मृत्यु भएको हो । हिजो राती पौने १० बजे को २ च ३३१२ नम्बरको पिकअप भेनले को ३१प ३१४७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालक चौधरी गम्भिर घाईते भएका थिए । उनको उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पिकअप र चालक मोरङ सुन्दरहरैचाका दिल बहादुर कामी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।