धरान: धरान ९ स्थित रंगभुमी एकेडेमीले प्रदेश नं १ की सांसद उमिता वराइलीलाई आफ्नो संसद कोषवाट रकम विनियोजनको लागि प्रस्तावनासहित ज्ञापन पत्र वुझाएको छ ।

एकेडेमीले रंङ्गमञ्च प्रस्तुती तथा प्रशिक्षणका लागि आवश्यक आधारभुत सामान र रंगकर्म प्रशिक्षक प्रशिक्षणका लागि रकमको माग गरेको हो । आउदो दिनमा दक्ष एवं अनुभवी प्रविधिबाट प्रशिक्षण गराई थप सशक्त रंगकर्मीहरु उत्पादनको लागि प्रशिक्षण दिइने एकेडेमीको योजना रहेको छ । सांसद वराइलीले एकेडेमीका लागि आउदो संसद कोषबाट सक्दो सहयोगको प्रतिवद्धता जनाइन् । पछिल्लो पुस्तामा धरानको रंगकर्ममा रंगभुमिको सशतm र महत्पुर्ण भुमिका रहेको समेत उनले वताए ।

एकेडेमीले आदिवासी जनजाति पत्रकार पुरस्कार कोषका लागि नगद २ हजार ५ सय रुपैया समेत सहयोग गरेको छ । सहयोग रकम सांसद वराइली, युवा नेता मिङमा भोटे र एकेडेमीका अध्यक्ष विष्णु मोतmानले संयुतm रुपमा जनजाति पत्रकार महासंघ(फोनिज) सुनसरीका सल्लाहकार जनकऋषि राईलाई हस्तान्तरण गरेका थिए ।

एकेडेमीले केही दिन अघि संपन्न गरेको सडक नाटक प्रतिगमनबाट सहयोग स्वरुप संकलित रकमबाट कोषका लागि सहयोग गरेको हो । एकेडेमीले ससद विघटन प्रतिगमन भएको भन्दै धरानका चोकहरुमा ४ दिनसम्म नाटक प्रतिगमन मञ्चन गरेको थियो । सोही क्रममा शुभेच्छुकहरुले एकेडेमीलाई आर्थिक सहयोग पनि गरेका थिए ।
तस्विरः विकास चाम्लिङ राई