धरान: आज प्रदेश नं १ को प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव प्रस्तुत हुने भएको छ ।

प्रदेश सभा सचिवालयले एक सुचना जारी गर्दै वैठकको कार्यसुचीमा अविश्वासको प्रस्ताव रहेको जानकारी दिएको छ । प्रदेशसभा सचिव गोपाल पराजुलीले जारी गरेको कार्यसुची सम्बन्धी सुचनामा नेपालको संविधानको धारा १८८(४) तथा प्रदेशसभा नियमावली २०७४ को नियम १२९(१) वमेजिम दर्ता भएको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नियमावलीको नियम १२९(४) वमोजिम पेश हुने उल्लेख गरिएको छ ।

वैठकमा अविश्वासको प्रस्ताव पेश हुने भएपछि अहिले सत्ता पक्षका सांसदहरु आन्तरिक छलफलमा छन् । प्रदेशसभामा सरकार गठनमा निर्णायक देखिएको कांग्रेसलाई फकाउन नेकपाको दुवै पक्ष प्रयासरत छ । दिउँसो २ बजे शुरु हुने भनिएको सातौं तथा हिउँदे अधिवेशन एक घण्टा बित्दासमेत शुरु हुन सकेको छैन ।karyasuchi