धरान: धरानका एक युवा नेपालमा प्रतिबन्धित औषधीसहित सुनसरीको भोक्राह नरसिंह ४ लौकहीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं ११ का २२ बर्षीय अनिल लिम्बु रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनलाई नेपालमा प्रतिबन्ध रहेको औषधी ट्रमाडोल क्याप्सुलसहित पक्राउ गरिएको थियो । फागुन ५ गते समातिएका लिम्बुसँग २९७० पिस ट्रमाडोल क्याप्सुल र स्पास्मोप्रोक्सिभन ५६८ पनि वरामद भएको थियो । उनलाई आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग पठाइएको सुनसरी प्रहरीले जनाएको छ ।