धरान: आज धरान उपमहानगरपालिकाको आठौं नगरसभा आजदेखि शुरु हुने भएको छ ।

उपमहानगरको नवनिर्मित भवनको हलमा दिउँसो १ बजेदेखि नगरसभा हुने भएको हो । हिउँदे नगरसभा भएकोले विधेयकहरु प्रस्तुत हुने र बजेट तथा कार्यक्रमहरु संशोधन गर्ने मुख्य काम यो नगरसभाबाट हुनेछ । ‘यो नगरसभाको मुख्य २ वटा काम हो, एउटा सभामा प्रस्तुत भएको विधेयकहरु पास गर्नुपर्ने, र अर्को चालु आर्थिक बर्षको कम हुन नसक्ने, खर्च हुन नसक्ने बजेट तथा कार्यक्रमहरु छन् भने परिवर्तन गर्ने हुन्छ,’वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले भने ।

दिउँसो १ बजे प्रदेश सभाका सभामुख प्रदिप भण्डारीको प्रमुख आतिथ्यमा नगर सभाको उद्घाटन हुनेछ । त्यसपछि, नगर सभाको बैठक स्थगित गरिने खतिवडाले जानकारी दिए । उनका अनुसार नगर सभामा संघसंस्था दर्ता विधेयक र आर्थिक प्रशासन सम्बन्धी विधेयक प्रस्तुत गर्ने तयारी छ । ‘आज उद्घाटन मात्र हुन्छ, भोलीदेखि छलफल गर्दै टुंग्याउदै जान्छौं,’उनले भने,‘बजेट तर्जुमा समितिले परिमार्जन गर्ने, विधेयक मस्यौदा समितिले विधेयक हेर्ने काम हुन्छ ।’