मोरङ: मोरङ र उदयपुरमा लागुऔषधसहित ४ जना पक्राउ परेका छन् ।

कटहरी गाउँपालिका २ का ३३ बर्षीय धनिराम चौधरी, कटहरी ४ का ३७ बर्षीय मनराज शेख र २३ बर्षीय कैलाश मण्डल खैरो हिरोईनसहित पक्राउ परेका हुन् । आईतबार दिउँसो साढे ३ बजे कटहरी गाँउपालिका ४ स्थित चमराही चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले प्लास्टिकले बेरिएको अवस्थामा खैरो हिरोईन ८ ग्राम र डिजिटल काटा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

त्यस्तै, सिराहा मिर्चैया नगरपालिका ६ का २८ बर्षीय ब्रमदेव यादव लागुऔषध डाइलक्स डिसिसहित पक्राउ परेका छन् । हिजो साँझ साढे ५ बजे यादवलाई स८प ४५३७ नम्बरको मोटरसाईकलमा मिर्चैयाबाट कटारी जादै गरेको अवस्थामा कटारी नगरपालीका १ चुरे स्थित जंगलमा प्रहरी टोलीले पक्राउ गरेको हो । चेकजाँच गर्दा डाइलक्स डिसि २७ थनसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।