धरान: खानेपानी माग गर्दै विभिन्न वडाका जनप्रतिनिधिहरु र नगरबासीहरुले नगर सभास्थल घेराउ गर्दै नाराबाजी गरेका छन् ।

नगर प्रमुख तिलक राईले खानेपानी संस्थान जिम्मा लिएर खानेपानी बोर्डमार्फत पानी वितरण नगर्दा समस्या भएको भन्दै वडाका जनप्रतिनिधि र नगरबासीहरुले घेराउ गरेका हुन् । उनीहरुले घेराउ गर्दै नाराबाजी गरेपछि दिउँसो १ बजे शुरु हुनुपर्ने ८ औं नगर सभा २ बजे पनि शुरु हुन सकेको छैन । धरानको वडा नं १९ का सदस्य राजकुमार राई(तिलक) ले धारामा पानी नआएर धेरै समस्या भएको र वडाबासीहरुले वडाका जनप्रतिनिधिहरुसँग गुनासो गर्ने गरेकोले आज नगर सभामा नै ल्याएर घेराउ गरेको बताए । नगर प्रमुखले संस्थानको संरचना जिम्मा लिएर बोर्डमार्फत पानी वितरण गर्न चासो नदेखाएको कारण समस्या भएको उनले बताए ।

भिडियो :