धरान: धरानमा विभिन्न ठाउँबाट लागुऔषधसहित ७ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय धरानका अनुसार हिजो बेलुकी करिब ६ बजे ३ जनालाई खैरो हेरोइन प्याकिङ गर्दै गरेको अवस्थामा पक्राउ परेका छन् । धरान ३ का ३० बर्षीय विना तामाङ, २५ बर्षीय उत्सव श्रेष्ठ र ३० बर्षीय उमेश श्रेष्ठ पक्राउ खैरो हेरोइनसहित पक्राउ परेका हुन् । उनीहरु विनयको कोठाबाट बिक्रीको लागि प्लाष्टिकमा खैरो हेरोइन प्याकिङ गर्दै गरेको अवस्थामा पक्राउ परेको डिएसपी ज्ञानेन्द्र बस्नेले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुको साथबाट ५ ग्राम खैरो हेरोइन पनि वरामद भएको छ । उनीहरुलाई जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, हिजो बेलुकी करिब ७ बजे धरान ७ बाट २६ बर्षीय ओमप्रकाश कार्की पनि खैरो हेरोइनसहित पक्राउ परेका छन् । उनलाई १ ग्राम ६ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस्तै, हिजो साँझ करिब ६ बजे धरान १५ सयपत्री मार्गबाट ४० बर्षीय कृष्ण थापा मगर पनि १ ग्राम ८ सय मिलिग्राम खैरो हेरोइनसहित समातिएका छन् । उनलाई पनि जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, धरान ८ लांघाली चोकबाट ४५ बर्षीय यज्ञबहादुर खड्का र २८ बर्षीय आकाश श्रेष्ठ पनि लागुऔषधसहित पक्राउ परेका छन् । खड्काको कोठाबाट डाइलक्स डिसि १०० एमएल २ बोतल, नाइट्रोसन ट्याब्लेट १६५ चक्की र स्मास्मो प्रोक्सिभन ७२ क्याप्सुल प्रहरीले वरामद गरेको छ भने आकाशबाट डाइलक्स डिसि २ बोतल वरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुलाई पनि अदालतबाट म्याद गप गरि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।