धरान: धरानमा बुधबार दिनभर विजुली नआउने भएको छ ।

विद्युत प्राधिकरणको धरान वितरण केन्द्रका अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धरानको सम्पुर्ण वडामा लाइन अवरुद्ध हुने भएको हो । ३३ केभी धरान सर्किटको टावर नं ४८ देखि टावर नं ४९ सम्म कण्डक्टर बदली गर्नुपर्ने भएकोले धरान फिडर सटडाउन हुने केन्द्रले जनाएको छ । धरान केन्द्रअन्तर्गतको सेवा क्षेत्र धरानको सम्पुर्ण वडा र बराहक्षेत्र नगरपालिकाको वडा नं १ र २ मा लाइन अवरुद्ध हुनेछ । समयभन्दा अगावै कार्य सम्पन्न भए लाइन पनि अगावै सुचारु हुने केन्द्रको भनाई छ ।

bijuli1