धरान: धरान आदर्श बोर्डिङ सेकेण्डरी स्कुलको ५३ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यालयका कक्षागत उत्कृष्ट विद्यार्थी र खेलकुदमा विजयी भएकाहरुलाई पुरस्कृत गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले आकर्षक नृत्य तथा सांगीतिक प्रस्तुती दिएका थिए । कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी तथा अभिभावकको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसर पारेर सप्ताहव्यापी खेलकुद प्रतियोगितामा विजयी खेलाडीहरु, वार्षिक परिक्षामा प्रथम, द्वितिय र तृतिय हुने छात्र-छात्राहरुलाई कार्यक्रममा प्रमुख अतिथि लेखीराज सुब्बा र सभापती लोकेन्द्र श्रेष्ठ लगायतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा मोहन पोखरेल, फाडिन्द्र थापा, रामसोभित यादव, सुनिता न्यौपाने लगायत शेयर सदस्यहरु मनोज खनाल, दधिराम आचार्य, दिलिपकुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ
Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A
प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित