सुनसरी ः कोशी राजमार्गस्थित ईटहरी ६ गोल्डेन चोकमा लहरी र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

बिराटनगरबाट ईटहरीतर्फ आउदै गरेको ना ७ ख ८४८९ नम्बरको लहरी र बिपरित दिशाबाट जादै गरेको को ३६ प ३८५७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । उनको नाम थर नखुलेको प्रहरीले जनाएको छ । घाइते भएका चालकलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुबै सबारी साधन, लहरी चालक बाराको कलैया ५ का ३२ बर्षीय कपिल देब यादब ईलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको छ ।