धरान: ब्रेक फेल भएको ट्रिपर दुर्घटना हुँदा धरान १३ स्थित एक घरमा क्षति पुगेको छ भने एक बालक घाइते भएका छन् ।

को १ ख ७१३१ नम्बरको ट्रिपर ब्रेकफेल भएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । मिक्स गिटी बोकेको ट्रिपर ब्रेक फेल भएर स्थानीय रविन राईको घरमा पस्दा १३ बर्षीय बालक रसन्त राई घाइते भएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार घाइते बालकको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । चालक धरान ४ का ३७ बर्षीय दशरथ राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेका अनुसार ईलाका प्रशासन कार्यालय प्रवेश गर्ने मुखको घरमा ट्रिपरले क्षति पुगेको छ । मिक्स गिटी बोकेर फुस्रे तिरबाट फर्कदै गरेको ट्रिपर ब्रेक फेल भएर घरमा क्षति पुगेको वडाअध्यक्ष काफ्लेले जानकारी दिए ।

तस्बिरहरु: विष्णु चौलागाई

trif tri 1 trif 1 triper