सुनसरी: सुनसरी रामधुनी नगरपालिका १ का ३० बर्षीय हिरण चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार दिउँसो करिब साढे १२ बजे आफ्नै घर अगाडी रहेको पानीको मोटर चलाउने क्रममा करेन्ट चौधरी घाइते भएका थिए । उनलाई उपचारके लागि नोवेल अस्पताल विराटनर लगिएको थियो । उनको उपचारको क्रममा राती साढे १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।