मोरङ: सुनसरीको ईटहरी ३ का १८ बर्षीय गजेन्द्र राईको ट्रयाक्टर दुर्घट्नामा परी मृत्यु भएको छ ।

आज बिहान ८ बजे मोरङको केराबारी ५ स्थित भित्रि सडकखण्डमा को २ त ५५०० नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा सह चालक गजेन्द्र राई गम्भिर घाईते भएका थिए ।

घाईते राईको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्रयाक्टर र चालक ईटहरी ३ का २७ बर्षीय राम दर्जी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।