विराटनगर: कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका वडा नं ४ मोतिपुरका ३८ बर्षीय ओमनारायण धामी रहेका छन् । उनलाई हिजो राती साढे ९ बजे बुढीगंगा गाउँपालिका २ वाइपास रोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । उनले गत भदौ १२ गते दिउँसो १ बजे मोर ङको बेलबारी नगरपालिका ५ कसेनी लोहोन्द्रा पुलमा विवाद हुँदा खुकुरी प्रहार गरेका थिए ।
घटना पछि फरार रहेका धामीलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनामा धामीसँगै बेलबारीका जितेन चौधरी, दिनेश श्रेष्ठ, सन्तोष मगरले पुलको सामान्य विवादमा खुकुरी प्रहार गरेका थिए । मृतक राईसँगै सई कुमार राई, समुन्द्र राई र गौरव राई उक्त घटनामा घाइते भएको प्रहरीको भनाई छ ।