धरान: लायन्स क्लव अफ धरान, विजयपुरले धरान ११ स्थित पृथ्वी चौकका एक विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

क्लवले सुकुम्वासी वस्तीमा घर भाडामा लिइ वसेका गरराज भुजेल परिवारलाई सहयोग प्रदान गरेको हो । क्लवले सहयोग हस्तान्तरण कार्यक्रमको आयोजना गरि भुजेल परिवारलाई पचास केजी चामल, एक कार्टुन तेल, एक दर्जन सावुन, ५ केजी आलु, २ केजी चना, २ केजी मटर, २ केजी दाल, २ केजी चनादाल, २ केज चिनी, १ केजी चियापति, २ केजी चिउरा, प्याज, टमाटरलगायत सहयोग गरेको हो । यसैगरि, उनको असक्त श्रीमतीको लागि ३ थान लुगा र विछ्याउने म्याट पनि उपलव्ध गराएको छ ।

सहयोग सामग्री हाल युके निवासी दल याङदेन र उनको श्रमती गिता लिम्वुले उपलव्ध गराएका हुन् । ताप्लेजुङ फुङ्गलिङ निवासी याङदेन र धरान ८ निवासी गीताले उनीहरुको ३० औ वैवाहिक वर्षगाठको अवसरमा सहयोग गरेको क्लबले जनाएको छ । गीता लिम्वुले साथी समेत रहेका धरान ९ निवासी लायन्स रेखा गुरुङ्गलाई आफ्नो वैवाहिक वर्षगाठको अवसरमा नेपालमा सामाजिक कार्य गरिदिनको लागि रकम पठाएका थिए । सोही रकमले गुरुङ्गको मध्यस्थतामा सहयोग सामग्री उपलव्ध भएको थियो ।

तिस हजार रुपैया पठाएको मध्ये १४ हजार रुपैया गरराजको सहयोगमा खर्च भएको र वाकि रकम सुनसरी जिल्ला भित्रको भिन्न क्षमता भएका एकजनालाई व्हिल चियर प्रदान गरिने लायन्स गुरुङ्गले जानकारी दिइन् । उनीहरुले हरेक वर्ष आफ्नो वैवाहिक वर्षगाठमा सामाजिक कार्य गर्दै आइरहेको समेत गुरुङ्गले बताइन् । लायन्स क्लव अफ धरान विजयपुरका अध्यक्ष कविरभगत प्रधानाङ्गको अध्यक्षतामा सम्पन्न सहयोग कार्यक्रममा प्रमुख अतिथि स्पेसल एडभाइजर लायन्स विपिन सुव्वा, अतिथि लायन्स मिना पुलामि, लयन्स विद्य्या सुव्वा, लायन्स निरज गुरुङ्ग, लायन्स राजिव दाहाल, लायन्स शेखर शाक्य, लायन्स अम्विका श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सुकुम्वासी वस्तीमा घर भाडा लिइ वस्दै आइरहेको गरराज शारिरिक रुपमा अशक्त श्रीमतिको साथमा वसेको छ । एक छोरा र एक छोरि रहेको भुजेलको छोरा वैदेशिक रोजगारका लागि विदेश गए पनि गुजाराको लागि पुग्दो घर खर्च पठाउदैनन् । छोरी विहे गरेर गइसकेकी छिन । घर भाडा समेत तिर्न नसक्ने अवस्था रहेको भुजेलको श्रमति केही समय अघि प्यारालाइसि भएर थलिएको छ । तस्विरः विकास चाम्लिङ राई