ईलाम: ईलाम नगरपालिका ७ बाट ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ईलामको सुर्योदय नगरपालिका १० का २३ बर्षीय दियोग राई, देउमाई नगरपालिका ४ का १८ बर्षीय प्रवेश तिरुवा विक, इलाम नगरपालिका ५ का ३५ बर्षीय योगेश राई र फिदिम नगरपालिका १० का २३ बर्षिय अनिल लिम्बु रहेका छन् ।

हिजो सोमबार बेलुका ५ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ७५० मिलि ग्राम ब्राउन सुगर, स्टिलको प्लेट थान १, नेपाली ५ को नोट थान ३ र लागुऔषध सेवन गर्ने ढुङग्रो पनि वरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।