धरान: प्रहरीले धरानबाट २ जनालाई प्रतिबन्धित औषधीसहित पक्राउ गरेको छ भने थप एक जना लागुऔषधसहित पक्राउ गरेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय धरानका अनुसार धरान ५ स्थित कमला लिम्बुको घरमा डेरा लिएर बस्ने २६ बर्षीय बलराज घिमिरेको डेराबाट प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेका हुन् । हिजो सोमबार साँझ साढे ६ बजे घिमिरेसँगै उनको डेरामा भेटिएका भक्तबहादुर तामांग पनि पक्राउ परेका हुन् ।

घिमिरेको कोठामा कार्टुनमा प्याक गरि राखेको टिडोल ५० लेखिएको ४१२ क्याप्सुल र तामांगको साथबाट थप ५० क्याप्सुल फेला पारेको प्रहरीको भनाई छ । प्रतिबन्धित औषधीसहित पक्राउ परेका घिमिरे र तामांगलाई आवश्यक कारबाहीको लागि औषधीसहित औषधी विभाग १ नम्बर प्रदेश कार्यालय विराटनगर पठाइएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

यसैगरि, धरान ११ बाट एक युवती लागुऔषधसहित पक्राउ परेकी छिन् । प्रहरीका अनुसार कामना तामांगको डेराबाट लेवल नखुलेको ९ एम्पुल र १० लेखिएको सेतो ट्याब्लेट १४ थान वरामद भएको छ । उनलाई जिल्ला अदालतबाट लागुऔषध शिर्षकमा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।