धरान: धरान उपमहानगरपालिकाको नेतृत्वको कारण भुमिहिन सुकुम्बासी तथा व्यवस्थित बसोबास गर्ने नगरबासीहरुको समस्या समाधान गर्न अभिलेख संकलन गर्ने ३५ दिनको म्याद गुजारेको नेकपा धरानले आरोप लगाएको छ ।

अभिलेख संकलन गर्नको लागि सम्बन्धित व्यक्तिले फारम भर्न तोकिएको म्याद फागुन १४ गते सकिए पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरानले कडा निन्दा र भत्र्सना गरेको छ । नेकपा (ओली समुह)का धरान अध्यक्ष हर्कजंङ एभेङ र सचिव ठाकुरबहादुर कार्कीले विज्ञप्ती जारी गर्दै उपमहानगर नेतृत्वले सुकुम्बासीप्रति बेवास्ता गरेको आरोप लगाएका छन् । धरान उपमहानगरपालिकाले भुमी सम्बन्धी समस्या समाधानको लागि पहिलो चरणको काम गर्ने गरि आयोगसँग सम्झौता गरेको थियो । नगर प्रमुख आफैले हस्ताक्षर गरेको सम्झौता कार्यान्वयन नगरि समय गुजार्नुले नगर प्रमुखको सुकुम्बासीप्रतिको दृष्टिकोण उदांगो भएको र सुकुम्बासी समस्या ज्यूँ को त्यूँ रहने भएको विज्ञप्तीमा उल्लेख छ ।

नेकपाभित्रको राजनीतिक समस्यासँग जोडेर सरकार परिवर्तन भएपछि मात्र काम गर्ने भन्ने गुटगत राजनीतिक द्धेष सुकुम्बासी समस्याप्रति थोपरिएको विज्ञप्तीमा आरोप छ । आफुलाई सुकुम्बासी समस्याको जानकार भन्ने राजनीतिक दलहरु नै गुटगत स्वार्थको कारण समस्या हल गर्न राज्यले अघि सारेको नीति तथा कार्यक्रम असफल पारेर सुकुम्बासीहरुलाई धोका दिन खेलमा लागेको भन्दै विज्ञप्तीमा निन्दा र भत्र्सना पनि गरिएको छ । साथै, दलीय स्वार्थ र आग्रहबाट माथि उठेर धरानको सुकुम्बासी समस्या समाधानको काम अबिलम्ब आरम्भ गर्न नेकपाले मागसमेत गरेको छ । ‘अन्यथा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार उपमहानगरपालिकाको नेतृत्व हुनुपर्ने चेतावनी दिन चाहन्छौं,’विज्ञप्तीमा भनिएको छ ।sukumba