काठमाण्डौं: नेपाल सरकार र नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच आज औपचारिक वार्ता भएको छ ।

आज बिहान दुवै पक्षबीच प्रधानमन्त्री निवास वालुवाटारमा वार्ता भएको हो । सरकार र विप्लव समुहले हिजो वार्ता टोली गठन गरेका थिए । आज भएको वार्ता सकरात्मक भएको बताइएको छ । सरकारले गृहमन्त्री रामबहादुर थापा बादल संयोजक र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन गरेको थियो ।

यस्तै, विप्लव समुहले खड्गबहादुर विश्वकर्मा प्रकण्ड संयेजक र उदयबहादुर चलाउने दिपक सदस्य रहेको वार्ता टोली गठन गरेको थियो । आज भएको वार्ता सकरातमक भएको सरकारी वार्ता टोलीका सदस्य डा.भट्टराईले मिडियालाई प्रतिक्रिया दिएका छन् ।