धरान: धरान १७ मा सर्दु खोला ओगटेर नयाँ सुकुम्बासी बस्ती बसाउने प्रयास भएको छ । तर, नगर प्रहरीले गस्तीको क्रममा नयाँ सुकुम्बासी बस्ती बस्ने प्रयास भएको देखेपछि ती टहराहरु भत्काइएको छ।

धरान १७ स्थित सुनौलो वस्तीको पश्चिम भागतर्फ सर्दु खोलामा एक सय वटा घडेरी ओगटिएको थियो भने ४ वटा घर बनेको थियो । नगर प्रहरीको गस्ती टोलीले ती सबैलाई हटाएको नगर प्रहरी निरीक्षक विष्णु कोइरालाले जानकारी दिए । उनले भने,‘सय वटा घडेरी ओगटेको रहेछ, ४ वटा घर पनि बनाएको देखियो । गस्तीको क्रममा देखेपछि तत्काल एक्सन लिएर भत्काइसक्यौं ।’

तस्बिरहरु: दिपेश बाँनिया

sukumbasi1 sukumbasi sukumbasi4 sukumbasi3